Posts

Showing posts from June, 2020

अस्वीकार, घृणा र मर्दाना राष्ट्रवाद Self Publish

अस्वीकार, घृणा र मर्दाना राष्ट्रवाद –सरिता तिवारी कवि कुन्ता शर्माको प्रसिद्ध कविता छ, ‘पोथी बास्नु हुँदैन !’ यसले पोथी अर्थात् स्त्री वर्गको बोली, निर्णय प्रक्रियामा उनीहरूको सहभागिता र फरक मत राख्ने नागरिक हकमा लामो समयदेखि नियन्त्रण गरिआएको निशेधवादी भाष्यमाथि तीखो ब्यंग्य गरेको छ । यसको एउटा अंश पढौं– तौलीतौली बोल्नुपर्छ/शब्दमा आदरभाव घोल्नुपर्छ पाउमा निहुरिनुपर्छ/दासताको फूल सिउरिनुपर्छ लक्ष्मणरेखा नाघ्नुहँुदैन/अधिकार माग्नु हुँदैन उन्मुक्त हाँसो हाँस्नुहुँदैन/पोथी बास्नु हुँदैन चालीसको दशकमा लेखिएको यो कविताको झङ्कार सत्तरीको उत्तराद्र्धमा झन बढी प्रासंगिक हुन आइपुग्नुलाई बिडम्बना मान्ने कि स्वभाविक ? समयरेखामा राखेर हेर्दा पञ्चायतको दबदबा र त्यसबाट उन्मुक्ति चाहने राजनीतिक छटपटीको सीमान्तकालमा रचिएको यो कवितालाई गणतन्त्र यताको र अझ विशेष कम्युनिष्ट भन्नेहरुको शासनकालमा टक्क अड्याएर पढ्न थाल्नुस् । कविताले ब्यक्त गर्ने आवेग, त्यसको ध्वनि र संकेत कहीँ कतै फरक महसुस हुँदैन । यतिका वर्षमा स्त्रीको स्वतन्त्र ब्यक्तित्व र समग्र अस्तित्वलाई कमतर आँक्ने वा पुरै खारेज गर्ने परिवार सं...