Posts

न्याय : एक सतत संघर्ष

Image
न्याय : एक सतत संघर्ष शक्तिशाली पार्टीको शक्तिशाली छत्रछायामा निर्मलाका हत्यारालाई निष्कण्टक संरक्षण दिइएको तथ्य अनुमान मात्रै होइन । नि:सन्देह सत्य हो । कार्तिक १२, २०७५ सरिता तिवारी काठमाडौँ — सम्वत् २०७४ को जेठ २० गते चितवनको माडी, रामराज्यपुरको एउटा घटना उत्तिखेरै जिल्लाभर सनसनीपूर्ण समाचार बन्यो । क्रमश: नौ र एघार वर्षका दुई बालिकाको मृत शरीर गाउँको सिरानमा सिँचाइका लागि पानी जम्मा गरिएको पोखरीमा भेटिएको थियो  । मृतकमध्ये ठूली बालिकाको योनिबाट रक्तस्राव भएको, शरीरका अन्य भागमा समेत रगत देखिएको र आँखाको माथिल्लो भागमा चोट लागेको थियो । यो घटना बलात्कारपछिको हत्या हो भन्नेमा स्थानीय जनसाधारण र जिल्लाका अधिकारकर्मी महिला सतर्क भए । भोलिपल्ट प्रहरी र अधिकारकर्मीसहित स्थानीयवासीको ठूलो लस्कर घटनास्थलमा पुग्यो । शनिबारको दिन पोखरी नजिकै पिकनिक खान गएका मसिना केटाकेटीमध्ये ती दुई बालिका एकाएक हराए । हराएर खोज्न थालेको अलिबेरमा उनीहरूको शव भेटियो, पोखरिभित्र । मृत्यु स्वाभाविक खालको थिएन । सँगै पिकनिक गएका बच्चाहरूले बताएको हुलिया र बयान अनुसार बाह्रदेखि अठार वर्षका पाँच किशोरलाई पक्र...

जब ‘प्रचण्ड–प्रेत’ बौरिन्छ

Image
जब ‘प्रचण्ड–प्रेत’ बौरिन्छ स्तम्भः समवेत पुस २२, २०७६ सरिता तिवारी जादुयी कथाका पात्रजस्ता अद्भुत र सम्मोहनकारी मानिस लाग्थे कुनै बेला ‘प्रचण्ड’ । रक्तिम क्रान्तिको आलम्बबाट खुला राजनीतिको संसदीय सत्ता अभ्यासमा ओर्लंदाको समय ! अनेक रोमाञ्चकारी किस्सा र प्रभावको एकमुस्ट लोमहर्षक व्यक्तित्वका रूपमा उनको नायकी र खलनायकी दुवै यद्यपि अतिरञ्जित लाग्थे, तथापि विलक्षण वाक्पटुता र निर्णयक्षमताले समकालीन राजनीतिमा उनी छिट्टै ग्राह्य मात्रै भएनन्, नेताका रूपमा ‘निर्णायक’ पनि बने ।  समयक्रममा क्रान्तिका आकांक्षा र राजनीतिक दाउपेच दुवैको सन्तुलनका घर्षणबीच उनी विचार र आचरणको भयावह कायाकल्पतिर सोझिए । श्रमजीवी जनतासँग गाँसिएको सामूहिक सपनाको यात्राबाट थालिएको उनको यात्रा क्रमागत रूपले ‘करिअर’ राजनीति धान्ने धन्दामा खुम्चिएको छ । अब यी देश, काल र परिस्थिति अनुसारको सुविधाजनक सम्बोधन ‘पीके’ अर्थात् पुष्पकमल दाहालमा अवतरण भैसकेका छन् । यो अवतरणलाई सुरक्षित भन्नेहरू कति होलान्, अफसोस र दुर्घटनाको विम्ब मान्नेहरू कति ? तर उनको ‘प्रचण्ड’ नामसँग गाँसिएको प्राकृतिक चमक र राप निभिसकेको चाहिँ दुनियाँले मह...

स्वस्थानी कथाको विकथन

Image
स्वस्थानी कथाको विकथन स्तम्भः समवेत माघ ७, २०७६ सरिता तिवारी मुखर प्रश्नको सम्मानित ‘स्पेस’ र तिनको ठोस उत्तर खोज्ने अभ्यास लोकतन्त्रको सौन्दर्य हो । यही मानेमा, स्थापित र प्रचलित कतिपय मूल्यमान्यता जो लोकतान्त्रिक समाजका लागि असुहाउँदा मात्रै छैनन्, हानिकारक र प्रत्युत्पादकसमेत छन्, तिनका विषयमा प्रश्न उठाउने क्रम थालिएको छ । 000 ऐनमौका, सन्दर्भ र आवश्यकताले पनि कतिपय छलफल अनिवार्य बनाइदिएका छन् । सयौं, हजारौं वर्षदेखि कायम रहेका संरचनागत हिंसा र विभेदका जराहरू पहिल्याउन हाम्रा अवचेतनभित्रै थिग्रिएर बसेका मान्यताहरू खकाल्नु जरुरी छ । यदि हामी आफूलाई स्वस्थ मानिस ठान्छौं भने, हामीलाई यस्ता छलफलबाट आँखा लुकाएर भाग्ने या ‘डलर–खेती’ जस्ता ओठे टिप्पणी गरेर वैचारिक दयनीयता प्रदर्शन गर्ने छुट छैन । सन्दर्भ स्वस्थानी व्रत र त्यस अवधिमा सुनाइने कथा–परम्पराको हो । मध्य पुसदेखि मध्य माघसम्म स्वस्थानीदेवीका नाममा प्रार्थना र आराधनाका निर्धारित विधि–प्रक्रिया अनुसार बसिने व्रत र यस क्रममा हरेक दिन वाचन गरिने कथाको हिन्दुबहुल नेपाली समाजमा ठूलो प्रभाव छ । परम्पराका रूपमा प्रचलित र स्थापित कथा केवल ...

विकासको ‘महायज्ञ मोडल’

Image
विकासको ‘महायज्ञ मोडल’ स्तम्भः समवेत माघ २१, २०७६ सरिता तिवारी दृश्यहरू झन्पछि झन् रोचक हुँदै छन् । रमिता हेर्नलाई सर्कस या कमेडी सो हुनुपर्दैन, देशको समकालीन राजनीति नै पर्याप्त छ । राजनीति सबै नीतिको अग्रणी भएकैले पनि राजनीतिक कलेवरमा मञ्चित रमिताहरू प्रायः क्षेत्रमा विस्तार भएका छन् । ‘व्यावहारिक’ र दैनन्दिन राजनीतिको चलखेल नै खास राजनीति हो भन्ने अपभ्रंशको विस्तार हरेक तप्कामा भएको छ । यसले मिलेर खाने र आम मान्छेलाई मिलेर मूर्ख बनाउने उद्यमलाई गहिर्‍याउँदै लगेको छ । फलस्वरूप विचार, मूल्य पद्धति र उचित–अनुचितको सरोकारबिना सबै ‘भाडमा जाऊन्’ भनेजसरी चलेका छन् विकास–निर्माण र राजनीतिका नाममा सर्कस र प्रोपगान्डा । प्रसंग भरतपुरको हो । घटनाक्रमहरू हेर्दा लाग्छ, भरतपुर प्रोपगान्डा रुचाउने सहर हो । पछिल्ला अढाई–तीन वर्षमा यहाँ रचिएका प्रोपगान्डाले राष्ट्रिय जीवनलाई तरङ्गित पार्दै आइरहेका छन् । यसलाई ‘करतब’ को महानगर बनाइदिने पछिल्ला कडीहरूमध्येको सबैभन्दा अविस्मरणीय घटना स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा रचिएको ‘मपच्या’ (मतपत्र च्यातिएको) काण्ड थियो । त्यस काण्डको अविकल अभ्यासले नागरिक...

जो 'तटस्थ’ छन्, तिनका नाममा

Image
जो 'तटस्थ’ छन्, तिनका नाममा वैशाख २, २०७७ सरिता तिवारी जो  तटस्थ छन्,  समयले लेख्नेछ तिनको पनि अपराध  – रामधारी सिंह ‘दिनकर’ । इतिहासकार हावर्ड जिनको एउटा किताबको शीर्षक छ- ‘यु कान्ट बी न्युट्रल अन अ मुभिङ ट्रेन’ । अर्थात्, गुडिरहेको रेलमा तपाईं सीधा उभिन सक्नुहुन्न । ... अमेरिकी जन–इतिहासका लेखक तथा समाजवादी विचारक जिन नाटककारसमेत हुन् भन्ने कुरो काठमाडौंले पनि पत्तो पाइसकेकै छ (केही पहिले काठमाडौंमा उनले लेखेको नाटकको नेपाली रूपान्तर ‘मार्क्स फर्किए’ मञ्चन भएको थियो) । ‘तटस्थता’ र निरपेक्ष ‘सकारात्मकता’ का कट्टर विरोधी जिनले गुडिरहेको रेललाई कुनै समाज, राष्ट्र वा विश्वको अस्थिर र तरल समयको रूपकका रूपमा पेस गरेका हुन् भन्ने बुझ्न गाह्रो छैन । यतिखेर जिनको सम्झना गरिनु एकदम अर्थपूर्ण छ । देशमा सुरक्षित बहुमतको सुविधासहितको सरकार छ तर यो एकपछि अर्को आलोच्य काम गर्न मानौं कम्मर कसेर लागेको छ । सरकारमा बस्नेहरूका बोली र तिनले प्रवाह गर्ने सन्देशमा परिपक्व अभिभावककत्व होइन, अधिनायकी र अहम्को पेलान छ । सरकार नागरिकसँग कर उठाउने सवालमा सं...

भोलि उदाउने बिहान

Image
भोलि उदाउने बिहान स्तम्भ : समवेत चैत्र १८, २०७६ सरिता तिवारी काठमाडौँ — कोभिड–१९ रौद्ररूपमा छ ।यतिखेर हरेक रात निदाउने बेला कल्पना आउँछ भोलिको बिहान कस्तो होला ? अति कम घण्टाको सीमित निद्रामै पनि परेला ढप्किनुअघिका कठोर मिनेटहरूमा अनेक स्थगित योजनाहरू कुद्न आउँछन् आँखामा । प्रियजनका अनुहार आउँछन् । उनीहरूसँग बिताएका सुन्दर पल आउँछन् । तर सँगसँगै भयानक दुःस्वप्न पनि आउँछन् । परिस्थितिहरूको क्रूर आकलनले विकराल अँध्यारोतिर घिसारिरहेजस्तो आतंक आउँछ छायाजसरी र खेद्न थाल्छ । एकान्तबासको शून्य समय यो लकडाउन अवधि हो । सकेसम्मका स्वास्थ्य सतर्कता अपनाउने बेला हो । निरन्तर देश, दुनियाँ हेर्ने र सामूहिक दुःखको सामना गर्न तयार हुने बेला हो । तर सँगसँगै, हरेक नागरिकले राज्ययन्त्रलाई जिम्मेवार बन्न सकारात्मक दबाब दिने बेला पनि हो । जिम्मेवार नागरिकका रूपमा सरकारलाई सहयोग गर्नुपर्ने अति संवेदनशील समय हो यो तर सरकार नागरिकसँग सूचना लुकाउँछ । उस्तै परे दिनमै तारा देखाउने झूट बोल्छ । यति ठूलो, विश्वस्तरको मानवीय संकटको बेलामा बिरामी जाँच र ...

मर्यादित महिनावारीका पक्षमा

Image
मर्यादित महिनावारीका पक्षमा  स्तम्भः समवेत फाल्गुन २०, २०७६ सरिता तिवारी मर्यादित महिनावारी मानव अधिकारको सर्त हो भन्ने कुरा यति बेला व्यापक बहसको विषय बनिरहेको छ । यसबारे लेख्ने, बोल्ने, छलफल गर्ने क्रम तीव्र बन्दै छ । महिनावारी केवल महिलाको र सामान्य मात्रै मुद्दा हो भनेर यस विषयका समाचार, अनुभूति र वैचारिक लेखन समेतलाई हेय ठान्ने मनोविज्ञान अल्पमतमा पर्दै छ । यसलाई अभियानकै रूपमा अघि बढाउन पछिल्ला दिनमा केही उल्लेख्य प्रयत्न पनि भएका छन् ।  पाँच दिनअघि मात्र स्कटल्यान्डको संसदले राज्यका तर्फबाट महिनावारीका क्रममा महिलाले प्रयोग गर्ने प्याड र टेम्पोन (महिनावारीको रगतलाई योनिमार्गमै भरेर बाहिर निकाली फ्याँक्न मिल्ने साधन) निःशुल्क गर्ने प्रस्ताव पारित गरेको उत्साहजनक खबर आएको छ । यो अनुमोदनबाट स्कटिस संसदले स्यानिटरी प्याड र टेम्पोनलाई अन्य ‘लक्जरी आइटम’ कै हाराहारी कर लगाउने विश्वव्यापी प्रणालीलाई चुनौती मात्रै दिएको छैन, स्कटल्यान्ड महिलाको मानव अधिकारको सम्मानका खातिर मर्यादित महिनावारीको नारा व्यवहारमै स्थापित गर्ने पहिलो देशसमेत बनाएको छ । आशा गरौं, यसको तरङ्ग शीघ्रातिशी...