Posts

Showing posts from August, 2020

पारिजातको पुर्नपठन

Image
पारिजातः ओभररेटेड कि अण्डरएस्टिमेटेड ? – सरिता तिवारी   पुनर्पठन के हो ? दिमागमा सोझो उत्तर खेल्छ, कृतिको बारम्बार अध्ययन । कृतिभित्र बारम्बार प्रवेश गर्दै त्यसबारे अरुका मात्र होइन आफ्नै धारणाहरूको समेत परिक्षण गर्ने प्रक्रृया । पुनर्पठन भन्नासाथ सामान्यतया एउटै पाठ, एउटै किताब धेरैपल्ट पढ्नुलाई बुझ्ने गरिन्छ । आवश्यकता अनुसार, पाठको मात्र होइन लेखकको पनि पुनर्पठन गर्नुपर्ने हुन्छ । लेखकका यथासम्भव सबै कृतिलाई पढ्ने प्रयत्नले पुनर्पठन सहज बनाउँछ । वास्तवमा लेखकलाई चिन्ने, बुझ्ने र कुनै ठहर गर्ने सन्दर्भमा पुनर्पठनको ठूलो महत्व रहन्छ । वैचारिक र शैलीगत बिभिन्नता भएको कुनै लेखकबारे धारणा बनाउन त लेखकत्वको प्रामाणिक र मिहिन अनुसन्धान गरेर उसका वैयक्तिक उहापोहको समेत अध्ययन हुनुपर्छ । लेखकका रुपमा पारिजात धेरैले पढ्ने प्रतिभा हुन् । तर, उनलाई अधिकांशले ‘शिरिषको फूल’मा मात्र पढ्छन् । त्यहाँदेखि पल्तिर पुगे एकादुई कथाहरुमा । त्यहाँदेखि अझ पर पुग्दा फाट्टफुट्ट कविता र एकाध संस्मरणमा । ‘शिरिषको फूल’ पाठ्यक्रममा राखिएको छ । एक दुईओटा कथा र कविता पनि । उनका अरु किताब ऐच्छिकबाहेक अनिवार्य पा...