Posts

Showing posts from July, 2020

प्रतिबन्धित समयसित संवाद

Image
प्रतिबन्धित समयसित संवाद                                                                                  –सरिता तिवारी सन् १९४०मा छापिएको निबन्ध ‘इनसाइड ह्वेल’ मा जर्ज अर्वेल भन्छन्, ‘हामी करिब करिब निश्चित रुपले तानाशाही युगमा प्रवेश गरिरहेका छौं । यस्तो युगमा विचारको स्वतन्त्रता सुरुमा घातक पाप र पछि एउटा अर्थहीन शब्द बन्न पुग्छ ।’ राजनीतिमाथि कलात्मक ब्यंग्य र जोखिमपूर्ण भविष्यकथन गर्ने अर्वेलले आजभन्दा असी वर्ष अघि  नै भन्दिए, ‘अब स्वतन्त्र ब्यक्ति संसारबाट नष्ट गरिने छन्’ । यद्यपि पूर्ण रुपले स्वतन्त्र ब्यक्तिको कल्पना मात्र पनि सायद आजको संसारका लागि दुर्लभ कुरा हो । स्वतन्त्रताको सापेक्ष अर्थ विचारहीनता निश्चय पनि होइन । यसको अर्थ विचारमा शासकीय सत्ता–निरपेक्षता होला । निर्भिक र कुनै पनि प्रभाववृत्तभन्दा बाहिरको सहज अभिब्यक्तिका परिवेशको कुरा होला ।  आजको समाज पुँजिवा...

तीज खारेजीको प्रश्न

Image
तीज खारेजीको प्रश्न भाद्र २३, २०७५ सरिता तिवारी बर्सेनि तीज आएसँगै यसबारे बहस तीव्र बन्छ । कतिपयको तर्क छ, तीजमाथि केको बहस ? मनलागे मनाऊ, नलागे चुप बस । कति भन्छन्, महिलामाथिको हिंसा र उत्पीडन उन्मूलन गर्नुपर्छ भने स्त्रीद्वेषी प्रथा, परम्परा र संस्कृतिमाथि बारम्बार प्रश्न र प्रतिक्रिया गरिनुपर्छ । यी समाजका लागि कति ग्राह्य र कति त्याज्य छन्, तिनको जाँच गरिनुपर्छ । तीज महिलाले आफूलाई निरीह र हीन, पुरुषलाई सामथ्र्यशाली मानेर विवाहितले लोग्नेको आयुवृद्धि र अविवाहितले चाहेको वर प्राप्तिका लागि व्रत र पूजा गरी मनाइने मिथ जोडिएको पर्व हो । ऋषिपञ्चमी महिलाका महिनावारीका दिनलाई अपवित्र र अछूत मानी रजस्वला अवधिका भक्ष्याभक्ष्य, गम्यागम्यका ‘पापकटनी’ गराउने अभ्यास हो । यसका कतिपय विधि हाँसो उठ्ने छन् । तीज : संस्कृति कि सकस ? कतिपय विश्लेषक र संस्कृतिकर्मी तीजको रूढिसँग जोडिएको पाटो सभ्य समाजका लागि घातक मान्छन् । उनीहरूका अनुसार तीज खारेज गर्नुपर्ने पर्व हो । कुनै प्रचलित परम्परा खारेज गर्नु बोल्नजति सहज छैन । कुनै संस्कृतिलाई व्यापक स्तरमा ठूलो समुदायले अप्रासंगिक बनाउनसकेमा त्यो नयाँ धारात...

साहित्यमा त्यो हस्तक्षेप

Image
साहित्यमा त्यो हस्तक्षेप अझै त महिलाका कृतिलाई भयानक शंकाको नजरले हेरिन्छ, उसको नामसँग कुनै पुरुषको नाम नजोडी किताबको एक्लो समीक्षा गर्न नसक्ने ‘हिप्पोक्रेसी’ यहाँ जिउँदै छ, २०२२ सालताका ‘शिरीषको फूल’ र पारिजातको सहज स्वागत भयो होला भनी कल्पना गर्न पनि हम्मे पर्छ । आश्विन ७, २०७४ सरिता तिवारी नेपाली साहित्यका पाठक पारिजातको लेखनबाट अपरिचित र अप्रभावित छैनन् । सबै खाले पाठकलाई पारिजातको साहित्य रुचाउने सुविधा छ । यस्तो सुविधा कमै मात्र लेखक पढ्नुमा हुँदो हो । पारिजातले सानै छँदा आमा गुमाइन् र हुर्कंदै गर्दा मायालु दाजु पनि दन्त्यकथाका अभागी नायकझैं अल्पिए । पिता घोर नास्तिक, घोर पढक्कु र आफ्नो संकल्पका पक्का थिए । अवचेतनमा पिताको सुषुप्त अनुशीलन पनि बसेको हुँदो हो, पारिजात स्कुलकै दिनमा साहित्यप्रेमी बनिन् । लोक प्रचलित लहरी काव्य र भारतीय साहित्यका नामूद लेखनीसँग परिचित भइन् । जीवनका प्रकोप र साहित्यको तादात्म्य कतै मिल्न पुग्यो । भावुकता र रुमानियत उनको व्यक्तित्वसँगै गाँसिन आइपुगे । उनी कविताप्रेमी मात्र होइन, स्वयं कवि बनिन् । शरीरमा ...

तपाईं कहाँनेर उभिने ?

Image
तपाईं कहाँनेर उभिने ? असार १७, २०७४ सरिता तिवारी सामान्यतया पुरुष पितृसत्ताको कारिन्दा हो । हेर्दा कार्यकारी देखिए पनि पुरुषसमेत यो सत्ताको जालोबाट मुक्त छैन । पितृसत्ता खासमा पुरुषविशेषको मात्र सत्ता होइन, पुलिंगकेन्द्री पारिवारिक र सांस्कृतिक राजनीतिको सत्ता हो । एउटा यस्तो व्यवस्था जहाँ ‘मर्दपन’ का आधारमा पुरुषका विशेषाधिकार, शक्ति र क्षमताको व्याख्या गरिन्छ । पारिवारिकदेखि सामाजिक र सांस्कृतिक मनोविज्ञानसम्म यही व्याख्याको विस्तार छ । कुनै बालक जन्मँदै शासक भएर जन्मन्न । धर्तीमा टेक्न नभ्याउँदै उसलाई पितृ–व्यवस्थाको उत्तराधिकारी बनाउने काम सुरु भैसक्छ । परिवार र समाजको मनोवैज्ञानिक दिक्षाले ऊ आफ्नो स्थान र हैसियत चिन्दै जान्छ र वयस्क हुन्जेलसम्ममा यो सत्ताको पहरेदार बनिसक्छ । पुरुष भन्नासाथ प्रचलित विम्ब यस्तरी निर्मित छन्, ती विम्बको बोझ बोक्न नसक्ने पुरुष ‘पौरुष’ को जाँचमा फेल हुन्छ । त्यो हो— आँटिलो, रवाफिलो, कमाउ र प्रभावशाली शासक अर्थात् ‘मर्द’ विम्ब । यसको जगमा आर्थिक विशेषाधिकार छ । सामाजिक अग्राधिकार छ । यिनै क...

मुण्ड–मुण्ड वधूशिक्षा

Image
मुण्ड–मुण्ड वधूशिक्षा विमर्श हामी प्रेम र वात्सल्य पनि लेख्न चाहन्छौं तर कम्तीमा समाज र संस्कृति त्यो विन्दुमा पुगोस् जहाँ पुरुष र महिलाका लागि एकै अर्थले घाम उदाउँछ । समान महत्त्वले फूल फुल्छ । श्रावण २१, २०७४ सरिता तिवारी १८७१ सालमा जन्मिएका ‘आदिकवि’ भानुभक्त आचार्यले आदर्श बुहारी र पत्नीका लक्षण बयान गर्दै एक विशेष रचना लेखे— ‘वधूशिक्षा’ । आफूले लेखेको ३३ श्लोके काव्यको कालान्तरसम्म झन्–झन् चर्चा होला भन्ने पूर्वानुमान हुन्थ्यो भने कविले यस विषयमा महाकाव्यै लेख्दा हुन् । यो भानुभक्तको मात्र होइन, तत्कालीन संस्थापनको ‘जबर्जस्त’ कथ्य थियो । उनका अन्य रचना हेर्दा पनि भानुभक्त संस्थापनको चेतना फड्किने दुस्साहसका धनी कवि थिए भन्ने लाग्दैन । उनी समाजका बहुसंख्यक मानिसभन्दा अलग हुन नसक्नुका कारणबारे पनि खोजबिन गर्न नसकिने होइन । यसरी गरिने अनुसन्धानमा भानुभक्तका ‘दोष’ कति वैयक्तिक, कति संस्कारजन्य र कति तत्कालीन समाज–राजनीतिजन्य भन्ने कुरा आउँछन् । तर समयान्तरमा शासकीय सदिच्छाले उनको गलामा ‘आदिकवि’ नामको माल्यार्पण गरिदियो । उनको आदिकवित्वका नाममा राज्ययन्...

प्रलेस : हिङ बाँधेको टालो

Image
प्रलेस : हिङ बाँधेको टालो प्रलेस आफैंलाई समेत हेक्का रहेन कि लेखकहरू सत्ताका स्थायी प्रतिपक्षी हुन्, ती सत्ताका ताबेदार होइनन् । केही महिनाअघि प्रलेसबारे गम्भीर बहस चल्यो । भनियो, ‘कम्युनिस्ट पार्टीहरूको सत्तारोहणपछि सत्ताका जनविरोधी कृत्यको कुनै आलोचना नगर्ने प्रलेसको अब औचित्य छैन । प्रलेस भन्ने संस्था अब नरहे पनि हुन्छ ।’ स्तम्भः समवेत भाद्र २, २०७५ सरिता तिवारी काठमाडौँ — प्रगतीशिल लेखक संघले नियमित रूपमा परिसंवाद र छलफल नगर्ने होइन । प्रकाशन पनि नगरेको होइन । भेला र बैठक पनि भइरहन्छन् । तर, यसको चरित्र लगभग कर्मकाण्डी भइसकेको छ । पछिल्लो समय प्रलेस दिशा बिर्सिएर महासागरमा भौंतारिइहरेको जहाजजस्तो बनेको छ । परीक्षित समय सत्तरीवर्षे हुन लागेको प्रगतिशील लेखक संघ (२००९) स्थापनादेखि नै एउटा साहित्यक समूह वा संस्था मात्रै थिएन विचार र दर्शनको आन्दोलनसमेत थियो । अनेक सीमा र कमजोरीका बाबजुद पनि यसले आफ्नो आन्दोलनात्मक चरित्र लामै समयसम्म कायम राख्दै आयो । नेपाली साहित्य र विशेष वैचारिक धारामा यसको भूमिका के कति कारणले स्मरणीय र ऐतिहासिक छ, यसबारे साहित्यका विज्ञ, सचेत पाठक र लेखकवर्ग जानक...

लोकतन्त्र कसको  ?

Image
लोकतन्त्र कसको ? यतिखेर संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र सबै अभ्यास परिक्षित छन् । हरेक तहका प्रतिनिधि परीक्षाको बेन्चमा बसेका विद्यार्थीजस्तै हुन् । स्तम्भः समवेत भाद्र ६, २०७५ सरिता तिवारी काठमाडौँ — लामो समयको राजनीतिक अनुभव र अभ्यासपछि संसारभर ‘लोकतन्त्र’ नामको अवधारणा सर्वग्राह्य र अनुकूल हुँदै आएको हो । युरोपको प्रबोधन र पुनर्जागरण कालपछि यसको विस्तार हुनपुग्यो । फ्रेन्च र अमेरिकी राज्यक्रान्ति हुँदै रूस, चीनका योजनाबद्ध क्रान्तिहरूले आआफ्नै ढङ्गबाट समाज र व्यवस्था परिवर्तनका रूपहरूलाई अभिव्यक्ति दिए । यिनैका परोक्ष उत्तोलनमा उपनिवेशवाद विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनहरू भर्भराएर उठे । के युरोप, के अमेरिका, के अफ्रिका, के एसिया जतासुकै जनताको स्वाधीनताप्रेमको शक्ति एकत्र हुँदै गयो । दुइटा प्रलयकारी महायुद्धका त्रासदीहरूले लोकतन्त्रप्रति विश्वका हरेक समाजको प्रबुद्ध तप्कालाई झन् बढी उत्पेरित गरे । एकातिर कम्युनिष्ट क्रान्तिहरू हुँदै थिए भने अर्कोतिर कम्युनिष्ट शासन स्थापना भइसकेका देशमा समाजवाद–साम्यवादको सार र तिनको आर्थिक, सांस्कृतिक व्यवस्थापन जटिल बन्दै गइरहेको स्थ...