इच्छुकका नाममा प्रेमपत्र
इच्छुकको नाममा प्रेम पत्र -सरिता तिवारी (जेठ १३,२०७६ को कान्तिपुर दैनिकबाट साभार) प्रिय कवि ‘इच्छुक’ तिमी त यो पत्र पढ्न सक्दैनौ तर तिम्रो नामबाट मलाई केही कुरा भन्नु छ । तिमी हाम्रो बीचमा सशरीर छैनौ तथापि हामीभित्र छौ । हामीसँगै छौ । तिमी शासकहरूका क्रुर दमन र हत्याको शिकार भयौ । शब्दको सिपाही तिमी, शब्दकै शक्तिका कारण बलिदान भयौ ।जसरी बलिदान भए ‘मकैको खेती’ लेख्ने कृष्णलाल अधिकारी । जसरी बलिदान भए ‘एक बुलफाइटरको मृत्युमाथि शोकगीत’ लेख्ने स्पेनी जनकवि गार्सिया लोर्का । जसरी बलिदान भए भारतीय क्रान्तिकवि अवतार सिंह पाश, आदि । विचारको चमक र सौर्यले धपक्क बलेको तिम्रो अनुहार छ आँखाअघि । तिम्रा शब्दहरू छन् यी ओठमा र तिनको घना कोरस छ छातिमा । तिम्रा शब्दका चुम्बकले तानिएर, तिम्रो बलिदानको गुरुत्वले खिचिएर बनेका भावका गुम्बजहरू छन् मथिङ्गलमा । तिमी आज पनि उत्तिकै प्रासंगिक ,उत्तिकै आवश्यक छौ । तिम्रा कविताको जरुरत आजको समयलाई पनि उत्तिकै छ , जति हिजो थियो । ब्यवस्थाको नाम फेरियो । शासकका अनुहार फेरिए तर नियत र प्रवृत्ति फेरिएन । त्यो राणाजीलाई पनि मात खुवाइदिने भ...