'वाद' र 'आन्दोलन'लाई दोषी संरक्षणका खेलको रक्षाकवच नबनाइयोस्!
कुनै वाद,विचार वा आन्दोलन ब्यक्ति वा संगठन कसैका पनि दोष छोप्ने र विषयान्तर गर्ने अस्त्र बनाइनु लज्जास्पद छ। एउटा निश्चित घेरो र स्वार्थ-समूहको अक्षमता , यौन हिंसाजस्तो विषयमा संगठन का मुख्य जिम्मेवारहरूले खेलेको दोहोरो-तेहरो भूमिकापछि हिंसापीडितले महसुस गरेको संगठित घेराबन्दी र त्यसका दुर्भाग्यपूर्ण परिणतिलाई वादको खोलभित्र लुकाएर उन्मुक्ति लिन खोज्नु उक्त 'वाद'कै बदनामी गर्ने हर्कतबाहेक अरु केही होइन । मार्क्सवाद या अरु कुनै पनि वादलाई त्रिपाल बनाएर ब्यक्तिगत कुण्ठाहरू, सांगठनिक असफलता र पीडक-संरक्षणका गुप्त-दृश्य भूमिकाहरू छोप्ने दुस्साहसले यौनजन्य हिंसाजस्तो मुद्दामा गरिएको न्यायिक अपिल र संघर्षलाई खारेज गर्न असंभव छ। सानो,भर्खर केही अर्थपूर्ण प्रयत्नले बन्दै गरेको जिज्ञासु युवाहरूको संगठन हो भनेर पीडितले पर्याप्त सदाशय राख्दाराख्दै पीडक संलग्न संगठनका केही ब्यक्तिहरूका धुर्त्याईंपूर्ण भूमिकाहरूको 'नोटिस' नलिन वा तिनलाई देखेको नदेख्यै गर्न सकिएन । यस्तो हर्कतले त्यहाँभित्र रहेका असल मनोवृत्तिका सिकारु सहकर्मीहरूलाई गुमराहको अँध्यारो सुरुङभित्र हुलिरहेको त छ नै,...